निसंकोच वर्वराई रहन्छु
कुना कुना छान मारेर
म पुरै रित्तिएको छु आज
तिमी सुनिमात्र रहन्छौ एकतमासले
मौन स्विकृति
काफी छ मेरो लागि....
मलाई साधु वन्ने रहर छ
तिमी नि वन्ने हो?
आँखा वोल्छन् तिम्रा
मनको तार सिधै आँखैमा जोडिएजस्तो
वादल नभएको आकाश जत्तिकै सफा
तिम्रो भावको प्रतिविम्व
लपक्कै छापिएको छ मनमा
आफ्नो मान्छे भन्छौ है मलाई
कति आफ्नो हुँ हिसाव किताव छ ?
आवाज विनाको वोली
तारे वाजाको धुन जत्तिकै स्पष्ट हुन्छ
मनैमनको ईसाराले
म पानी पानी भएको छु
अनि वग्दै छु एकतमासले
साँच्ची पानीसँगै तिम्रो आकृति
कति स्पष्ट देखिएको है?
चाल नपाएजस्तो गरी
म भारी मनले घिस्रिरहन्छु
गन्तव्य थाहै नपाई
यत्रतत्र वरालिईरहन्छु
तर
मेरो पदचापले तिमीलाई पिडा नहोस्
सम्झ
हामी खोलाका दुई किनार हौँ
किनार भेटाउन हालिएको साघुँको के अर्थ
हामी त्यसैका वारी र पारी हौँ ।।